अर्थ/विजनेस हेडलाईन न्युज

ब्यांक तथा वित्तीय संस्थाका कर्मचारीको आवतजावत नरोकीने

काठाडौँ – गृह मन्त्रालयले अत्यावश्यक सेवामा पर्ने ब्यांक तथा वित्तीय संस्थाका कर्मचारीको आवतजावतलाई नरोक्न निर्देशन दिएको छ।

गृह मन्त्रालयले ब्यांकिङ प्रणाली सुचारु राख्न कर्मचारीलाई कार्यालय आउजाउ गर्न दिने वातावरण बनाउन काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर निर्देशन दिएको हो।

बिहीबार ब्यांकिङ सेवा दिन कार्यालय हिडेका  कर्मचारीलाई पूर्व सहमति विपरित प्रहरीले उपत्यकाका विभिन्न स्थानमा रोकेको थियो।

कर्मचारी बाटामै रोकिएपछि नेपाल ब्यांकर्स संघले बिहीबार सबै ब्यांकका शाखा बन्द गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: बिहिबार, भदौ ४, २०७७