समाचार हेडलाईन न्युज

काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोना

काठमाडौं – काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप २०० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

संक्रमण पुष्टि हुनेहरू मध्ये काठमाडौंका  १७४ जना, भक्तपुरका ८ जना र ललितपुरका १८ जना रहेका छन् ।

प्रकाशित मिति: बिहिबार, भदौ ४, २०७७