समाचार हेडलाईन न्युज

कार्यवाहक अध्यक्षबाट श्रेष्ठलाई हटाउनु गैरकानुनी : सर्बोच्च

सुनकोशी न्युज
२०७७ भाद्र ३ गते बुधबार
काठमाडौं । सरकारले बर्खास्त शैलीमा हटाएका प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नै यथास्थितिमा काम गर्न दिनु भन्दै सर्बोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

कार्यवाहक अध्यक्ष श्रेष्ठलाई हटाउने र नियमावली संसोधन गरेर दुर्गा भण्डारीलाई कार्यवाहक अध्यक्ष नियुक्त गर्ने निर्णय प्रधानमन्त्रीले गरेपछि चौतर्फि आलोचना भएको थियो ।

भदौ १ मा दर्ता भएको रिट निवेदनमा बहस गर्दै कार्यवाहक अध्यक्ष नियुक्तिको निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न भनिएको छ ।

सर्वोच्चले सरकारको निर्णय कार्यान्वयन हुँदा प्रेस काउन्सिलको स्वायत्ततामा आँच पुग्ने र कानुन विपरित हुने व्याख्या गरेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७