अर्थ/विजनेस समाचार हेडलाईन न्युज

बैंक कर्मचारी कार्यालय जान नपाएपछि उपत्यकाका शाखाहरु बन्द

सुनकोशी न्युज
२०७७ भदौ ४ गते बिहीबार

काठमाण्डौ – कर्मचारीहरु कार्यालय जान नपाएपछि नेपाल बैंकर्स संघले बिहीबार काठमाण्डौ उपत्यकाका कुनै पनि शाखा नखोल्ने भएको छ ।

सरकारले न्यूनतम कर्मचारीको उपस्थितिमा न्यूनतम शाखा खोल्न अनुमति दिए पनि बैंक जान हिँडेका बैंकका कार्मचारीलाई बाटोमा प्रहरीले रोकेर अनावश्यक झन्झट दिएको भन्दै बैंकर्स संघले आज बैंकका शाखा नखोल्ने निर्णय गरेको छ ।

निषेधाज्ञामा पनि बैंकका कर्मचारीलाई बैंककै परिचयपत्र देखाएर आउजाउ गर्न दिने भनिएको थियो तर बिहान बैंक खोल्न जान लागेका कर्मचारीहरुलाई हिड्न रोक लगाए पछि संघले यस्तो निर्णय गरेको हो ।

प्रकाशित मिति: बिहिबार, भदौ ४, २०७७