समाचार स्थानीय हेडलाईन न्युज

उपत्यकामा भोलिदेखि एक साता निषेधाज्ञा

सुनकोशी न्युज, नयाँबानेश्वर

सुनकोशी न्युज
२०७७ भाद्र २ गते मंगलबार
काठमाण्डौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिए ।

निषेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन् ।

प्रकाशित मिति: मङ्लबार, भदौ २, २०७७