समाचार हेडलाईन न्युज

रहेनन् राष्ट्रकवि माधव प्रसाद घिमिरे

सुनकोशी न्युज
२०७७ भाद्र २ गते मंगलबार
काठमाण्डौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ ।

मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको पारिपारिक श्रोेतले जनाएको छ । उनको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो ।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख, प्रबन्धजस्ता अनेकौं विधा–उपविधाहरूमा सिर्जना गरेका छन् ।

गतवर्ष १०० वर्ष उमेर पूरा गरेको स्वर्णवर्षको अवसरमा उनलाई रथारोहण गरी नगर परिक्रमा गरिएको थियो ।

प्रकाशित मिति: मङ्लबार, भदौ २, २०७७