समाचार हेडलाईन न्युज

बुधबार ६ सय ८१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण

सुनकोशी न्युज
२०७७ भदौ ३ गते बुधबार

काठमाडौं – नेपालमा बुधबार ६ सय ८१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा सो संख्याका संक्रमित पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २८ हजार नाै सय ३८ पुगेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७