समाचार हेडलाईन न्युज

काठमाडौं उपत्यकामा थप १६८ जनामा कोभिड-१९

सुनकोशी न्युज
२०७७ भाद्र १ गते सोमबार

काठमाडौं – काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा उपत्यकामा १६८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

संक्रमितमध्ये काठमाडौंका १३९ जना, भक्तपुरका १४ जना र ललितपुरका १५ गरी कुल १६८ जना रहेका छन् ।

प्रकाशित मिति: सोमवार, भदौ १, २०७७