समाचार हेडलाईन न्युज

पेट्रोल, डिजेल र मट्टितेलमा फेरि मूल्य वृद्धि

सुनकोशी न्युज
२०७७ साउन ३२ गते आइतबार

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा फेरि मूल्य बढाएको छ।

आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले बढेको निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको जनाउँदै निगमले इण्डियन आयल कर्पोरेसन्सबाटै आउने तेलको मूल्य बढेर आएकाले मूल्य समायोजन गरिएको दावी गरेको छ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने कुनै मूल्य परिवर्तन नगरिएको छैन ।                                                 

प्रकाशित मिति: आइतवार, साउन ३२, २०७७