समाचार हेडलाईन न्युज

कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १०४ पुग्यो

सुनकोशी न्युज
२०७७ साउन ३२ गते आइतबार

नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मृत्यु हुनेमा पर्साका एक पुरुष र मोरङ्गकी एक महिला रहेको मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् । यो सँगै मृत्यु हुनेको सङ्ख्या १ सय ४ पुगेको छ ।

प्रकाशित मिति: आइतवार, साउन ३२, २०७७