समाचार हेडलाईन न्युज

काठमाडौं उपत्यकामा थप १ सय ७२ जनामा कोरोना

सुनकोशी न्युज
२०७७ साउन ३२ गते आइतबार

काठमाडौं – काठमाडौं उपत्यकामा आइतबार १ सय ७२ जनामा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा उपत्यकामा १ सय ७२ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

संक्रमितमध्ये काठमाडौंका १२६ जना, भक्तपुरका ८ जना र ललितपुरका ३८ गरी कुल १७२ जना रहेका छन् ।

प्रकाशित मिति: आइतवार, साउन ३२, २०७७