समाचार हेडलाईन न्युज

आन्तरिक मुल्याङ्कनको आधारमा एसईई परीक्षाफल प्रकाशित

सुनकोशी न्युज
२०७७ भाद्र १ गते सोमबार

आन्तरिक मुल्याङ्कनलाई प्रमाणिकरण गर्दै राष्ट्रिय परीक्षा बोर्डले कोरोनाभाइरस महामारीका कारण हुननसकेको यो वर्षको एसईई परीक्षाको नतिजा प्रकाशन गरेको छ।

विद्यालयहरूले आन्तरिक मुल्याङ्कनका आधारमा पठाएका प्राप्ताङ्कलाई प्रत्येक जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय इकाइले बोर्डमा पठाएको र त्यसलाई प्रमाणिकरण गरेर बोर्डले परीक्षाफल प्रकाशित गरेको हो ।

कोरोनाभाइरसको महामारीका कारण सरकारले गएको जेठ २८ गते विगतमा विद्यालयहरूले गरेका आन्तरिक मुल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय लिएको थियो।

प्रकाशित मिति: सोमवार, भदौ १, २०७७