समाचार हेडलाईन न्युज

नेकपाको विवाद मिलाउन महासचिव पौडेल नेतृत्वमा कार्यदल

सुनकोशी न्युज
२०७७ साउन ३० गते शुक्रबार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवाद मिलाउन महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाइएको छ। जारी विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन गरिएको महासचिव पौडेलले जानकारी दिए।

कार्यदलमा पौडेलसहित जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे छन्। दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बालुवाटारमा बसेको बैठकपछि यो निर्णय आएको हो। बिहीबार बसेका दुई अध्यक्षको वार्ता सकारात्मक दिशामा अघि बढेको थियो। यस्तोमा शुक्रबार दुई अध्यक्षले महासचिव पौडेलको संयोजकत्वमा कार्यदल बनाएको हो।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७