समाचार हेडलाईन न्युज

कोरोना भाइरस: ५९४ सङ्क्रमित, मृत्यु हुनेको सङ्ख्या ९९ पुग्यो

सुनकोशी न्युज
२०७७ साउन ३० गते शुक्रबार

काठमाडौं – गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमण ५९४ व्यक्तिमा पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार संक्रमण पुष्टि हुनेमा उपत्यकामा मात्र १ सय १९ जना रहेका छन् ।

गौतमका अनुसार कोरोना भाइरसबाट २४ घन्टामा थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ र सिरहा १/१ र बारामा २ जना रहेका छन् भने नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७