समाचार हेडलाईन न्युज

सिन्धुपाल्चोक लिदी पहिरोमा पुरिएका ५ मृतकको सब निकालियो

सुनकोशी न्युज
२०७७ साउन ३० गते शुक्रबार,
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक लिदी पहिरोमा परी मृत्यु भएका ५ जनाको सव निकालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान साँढे ६ बजे गएको भिषण पहिरोमा परी ३८ जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर ३७ घर पूर्ण रुपमा ध्वस्त भएका छन् । अहिलेसम्म ८ जना घाइतेको मात्रै उद्धार हुन सकेको प्रहरीले बतएको छ । गम्भीर घाइते एकजनाको थप उपचारको लागि काठमाण्डौं लगिएको छ । अन्य घाइतेहरुको चौतारा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव यपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

पहिरो गएको ठाउँ बिकट भएका कारण उद्दार टोली समयमा पुग्न सकेको थिएन । स्थानीय बासिन्दा, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले घाइतेहरुको उद्दार गरेका थिए । बेपत्ता भएका व्यक्तिको नामावली तयार भएको छ ।

घटनाको जानकारी पाउनासाथै घटनास्थलको स्थिति बुझ्न सभामुख अग्निप्रसाद सापकोटा लिदी पुगेका छन् । घाइतेको उद्दार र अन्य बेपत्ताको तत्काल खोजी कार्य अघि बढाउन समाभुख सापकोटाले निर्देशन दिएका छन् । सापकोटा सोही जिल्लाका जनप्रतिनिधि हुन् । सभामुख सापकोटाले पहिरोले घर पुरिएकाहरु सबैको लागि तत्काल बासस्थानको व्यवस्था गर्न निर्देशन पनि दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७