स्थानीय

वडाध्यक्षको निधन

 १९ साउन २०७६

भोजपुर : पूर्वी पौवादुङ्मा गाउँपालिकाको-१ श्यामशिलाका वडाध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको छ। ७६ वर्षीय वडाध्यक्ष पाण्डेको शनिबार साँझ उपचारका क्रममा मृत्यु भएको हो ।

केही दिनदेखि निमोनियाबाट ग्रसित पाण्डेको जिल्ला अस्पताल भोजपुरमा उपचार हुन नसकेपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको थियो। अस्पताल पुर्‍याउन नपाउँदै निधन भएको वडासदस्य दिपक सुवेदीले बताए।

वडाध्यक्ष पाण्डेको निधनले सिंगो पौवादुङ्मा गाउँपालिकालाई अपुरणीय क्षति पुगेको गाउँपालिका अध्यक्ष किरण राईको बताए । ‘हामीले जनप्रतिनिधि नभएर एक अभिभावक गुमाएका छौँ,’ अध्यक्ष राईले भने, ‘स्वच्छ, शालिन व्यक्तित्व उनको दुःखद निधनले सिंगो गाउँपालिका शोकमा डुबेको छ।हामीलाई मर्माहित तुल्याएको छ।’

प्रकाशित मिति: आइतवार, साउन १९, २०७६

 

 

ताजा अपडेट