समाचार हेडलाईन न्युज

सोती घटनाका प्रत्यक मृतक परिवारलाई सरकारले १० लाख दिने

सुनकोशी न्युज
२०७७ साउन २७ गते मंगलबार
काठमाण्डौं । सोती हत्याकाण्डमा ज्यान गुमाउने हरेकको परिवारलाई रु. १० लाख आर्थिक सहयोग दिने सरकारले निर्णय गरेको छ । आज बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
गत जेष्ठ १० गते पश्चिम रुकुमको चौजहारीमा गर्लफ्रेन्ड भगाउन गएका ६ जना युवाको गाउँलेको कुटपिटबाट हत्या भएको थियो ।

प्रेमी दलित युवा भएका कारण उक्त घटना भएको सांसद देवेन्द्र पौडेलनेतृत्वमा गठित संसदीय छानविन समितिको प्रतिवेदनमा लेखिएको छ । घटनामा दुईजना गैरदलितको पनि मृत्यु भएको छ । सरकारले घटनामा दोषिलाई कानुनअनुसार कारबाही गर्न कुनै कसुर नछाड्ने बताएको छ ।

प्रकाशित मिति: मङ्लबार, साउन २७, २०७७