मुख्य समाचार समाचार स्थानीय

नेकपा कमलामाईका अध्यक्ष चुडामणी श्रेष्ठको निधन

सुनकोशी न्युज
२०७७ साउन २७ गते मंगलबार
सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमलामाई नगर कमिटिका अध्यक्ष चुडामणी श्रेष्ठको निधन भएको छ ।

केही दिनअघि अचानक बेहोस भएका श्रेष्ठको धुलिखेल अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको अस्पतालले जनाएको छ । लो ब्लड प्रेसरका कारण अचानक बेहोस भएर ढलेपछि उनलाई तत्काल धुलिखेल अस्पताल ल्याई सघन उपचारकक्षमा राखेर उपचार सुरु गरिएको थियो ।

सिन्धुलीको कमलामाई नगरपालिका, वडा नं. ४, साङवाले स्थायी घर भएका ५२ वर्षे श्रेष्ठका दुई छोरा रहेका छन् । २०५४ सालको स्थानीय चुनावमा कमलामाई नगरपालिका, वडा नं. २ बाट वडाध्यक्ष निर्वाचित श्रेष्ठ सिन्धुलीका पुराना र जुझारु राजनीतिज्ञ हुन् ।

उनी माओवादी केन्द्र र एमालेबीच पार्टी एकता भएपछि नगर कमिटिको अध्यक्ष बनेका हुन् । श्रेष्ठ पूर्वएमालेका जिल्ला नेता हुन् । लामो समयदेखि विभिन्न रोगसँग जुधिरहेका चुडामणीलाई यसपटक रोगले जितेको छ । उनको निधनले सिन्धुली जिल्लाको वामपन्थी राजनीतिलाई अपुरणीय क्षति भएको सिन्धुली–२ को संघीय सांसद तथा नेकपा स्थायी समिति सदस्य हरिवोल गजुरेलले बताउनुभयो ।

मंगलबार विहान ७ बजेदेखि ९ बजेसम्म श्रेष्ठको पार्थिव शरीरलाई सिन्धुलीस्थित नेकपा जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने नेकपा सिन्धुली जिल्ला अध्यक्ष तथा प्रदेश सांसद राजन दाहालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: मङ्लबार, साउन २७, २०७७