समाचार हेडलाईन न्युज

काठमाडौं उपत्यकामा एकैदिन देखियो १ सय ३४ व्यक्तिमा कोरोना

सुनकोशी न्युज
२०७७ साउन २७ गते मंगलवार

काठमाडौं उत्यकामा एकैदिन १ सय ३४ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण गरिएको नमूना मध्ये १ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

संक्रमितमध्ये काठमाडौंका ११०,  ललितपुरका १६ र भक्तपुरका ८ जना छन्।

यो अहिलेसम्म उपत्यकामा एकैदिन देखिएको धेरै संक्रमित संख्या हो।

प्रकाशित मिति: मङ्लबार, साउन २७, २०७७