समाचार

नेपालमा लायन्स क्लब प्रवेशको स्वर्ण जयन्ति विभिन्न कार्यक्रम गरी मनाइयो

काठमाडौं । नेपालमा लायन्स क्लबस् अन्तर्राष्ट्रिय अन्तर्गत प्रथम लायन्स क्लब खुलेको ५० वर्ष पुगेको छ । अगष्ट महिनाको ९ तारिखका दिनवि राटनगरमा पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइराला अध्यक्षको रुपमा बस्नु भई खुलेको पहिलो लायन्स क्लबपछि हाल लायन्स क्लबहरु नेपालभरि नै छरिएर रहेको र लायन्स सदस्यहरुको संख्या करीव ३४,००० पुग्नुको साथै करीव १४०० को संख्यामा लायन्स क्लबहरु खुलिसकेका छन् ।

यसै अन्तर्गत स्वर्ण जयन्तिको शुरुआतको दिन भर्चुअलरुपबाट आयोजन गरिएको एक कार्यक्रममा लायन्स क्लबस् अन्तर्राष्ट्रियका द्वितीय अन्तर्राष्ट्रिय भाइसप्रेसिडेंट लायन डा. प्याटी हिल, पूर्व अन्तर्राष्ट्रिय प्रेसिंडेट लायन डा. नरेश अग्रवाल, नेपालका पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर लायन सञ्जय खेतान र मल्टिपल डिष्ट्रिक्ट ३२५ का काउन्सिल चेयर पर्सन लायन इन्द्र खत्री तथा लायन्स क्लबका अन्य विभिन्न पदाधिकारीहरुले नेपाल लगायत विश्वमा लायन्स क्लबहरुको भूमिका र भविष्यको विषयमा चर्चा गर्नु हुंदै नेपाली लायन्स सदस्यहरुलाई बधाइ ज्ञापन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा आफ्नो विचार प्रकट गर्नुहुंंदै डिष्ट्रिक्ट ३२५ नेपालका डिष्ट्रिक्ट गभर्नर लायन डा. सुशिला मल्लले स्वर्ण जयन्तिका अवसरमा डिष्ट्रिक्ट ३२५ ए२ क्लबहरुलाई स्वर्ण जयन्ति झल्किने गरी कार्यक्रमहरु आयोजना गर्न आव्हान गरिसकिएको कुरा बताउनु भयो । यसैगरी डिष्ट्रिक्टको पहल तथा क्लबहरुको सहयोगमा भक्तपुरको मुहानपोखरीमा लायन्स स्वर्ण जयन्ति स्तम्भ निर्माण, स्कूलका विद्यार्थीहरुबीच नेपालमा लायन्स क्लबको ५० वर्ष विषयक निबन्ध प्रतियोगिता तथा ५० वर्षको उपलक्ष्यमा विभिन्न क्लबहरुद्वारा विविध विषयमा ५० वटा कार्यक्रम जस्ता विभिन्न कार्यक्रमहरु तय गरिएको कुरा पनि डिष्ट्रिक्ट गभर्नर लायन डा. सुशि लामल्लले उक्तअवसरमा बताउनु भयो ।

स्वर्ण जयन्तिकै अवसरमा संस्थापक सदस्यहरु र तत्कालीन डिष्ट्रिक्ट ३२५ का पूर्व गभर्नरहरुलाई सम्मान् गर्ने क्रममा पूर्व डिष्ट्रिक्ट गभर्नरहरु लायन पंकजप्रधान र हरिशंकर निरौलालाई पनि सम्मान् गरिएको थियो भने उक्तदिन स्वर्ण जयन्तिको शुरुआतको अवसरमा विभिन्न लायन्स क्लबहरुले काठमाडौं लगायत भक्तपुर र अन्य स्थानहरुमा दीपावलीको आयोजना पनि गरेका थिए ।

प्रकाशित मिति: सोमवार, साउन २६, २०७७