समाचार हेडलाईन न्युज

गौतम बुद्ध नेपालमै जन्मिएकोमा शंका छैन : भारत

सुनकोशी न्युज
साउन २५, २०७७
काठमाडौं । भारतीय विदेश मन्त्रालयले विदेशीमन्त्रीको अभिव्यक्तिको खण्डन गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको प्रष्टीकरण दिएको छ ।

आइतबार मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्तिमा गरी बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका नभएको प्रष्टीकरण दिएका हुन् ।
शनिबार भारतीय विदेश मन्त्री एस जयशंकरले बुद्धलाई ुमहान् भारतीयु भनेका थिए । त्यसको नेपालमा चर्को विरोध भएको छ ।
जयशंकरको अभिव्यक्ति साझा बौद्ध विरासतको सन्दर्भमा आएको विदेश मन्त्रालयले बताएको छ ।

यता आइबार नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै बुद्ध नेपालमा जन्मिएकोमा कुनै दुविधा नभएको र यसको यथेष्ट प्रमाण पनि भएको बताएको थियो ।

प्रकाशित मिति: आइतवार, साउन २५, २०७७