समाचार हेडलाईन न्युज

टिकटक र वीच्याट अमरिकामा प्रतिबन्धित हुने

सुनकोशी न्युज
२०७७ साउन २३ गते शुक्रबार

टिकटक र वीच्याट आगामी ४५ दिनमा अमरिकामा प्रतिबन्धित हुने भएका छन् ।

अमरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यी दुई चिनियाँ एपलाई प्रतिबन्ध लगाउने लक्ष्यसहित ल्याइएका दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

ट्रम्पले अमरिकाको राष्ट्रिय सुरक्षाका लागि त्यसो गर्नु आवश्यक भएको दाबी गरे पनि यो ट्रम्प प्रशासनले चीनविरुद्ध चालेको पछिल्लो कदम हो भने यसबाट चीन र अमेरिकाबीच प्रविधिको क्षेत्रमा प्रतिद्वन्द्विता बढेको सङ्केत देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७