समाचार हेडलाईन न्युज

काठमाडौं उपत्यका लगायत सक्रिय संक्रमण केस भएका जिल्लाहरुमा जोर/विजोर प्रणाली लागू

सुनकोशी न्युज
२०७७ साउन २१ गते बुधबार

काठमाडौं – सरकारले बिहीबारदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोर/विजोर प्रणाली लागू गरेको छ ।

गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भोलिदेखि अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू गरिएको र जोरबिजोर लागू भएका स्थानमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने निर्णय भएको जनाएको छ ।

त्यस्तै २ सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमण केस भएका जिल्लाहरुमा पनि सवारीमा जोरबिजोर प्रणाली लागू हुने छ ।   

प्रकाशित मिति: बुधबार, साउन २१, २०७७