समाचार हेडलाईन न्युज

भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यमा देवकोटा

सुनकोशी न्युज
२०७७ साउन २१ गते बुधबार

काठमाडौं – सिन्धुलीका केशव देवकोटा प्रदेशको तर्फबाट भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यमा मनोनयन भयका छन् ।

बागमती प्रदेश मन्त्रिपरिषदको बुधबार बसेको बैठकले गठन आदेश २०७६ अनुसार प्रदेशको तर्फबाट आयोगको सदस्यमा देवकोटालाई मनोनयन गर्ने निर्णय गरेको हो ।

यसैगरी बैठकले प्रदेश सञ्चार माध्यम ब्यवस्थापन (पहिलो संसोधन) नियमावली २०७७, प्रदेश दुग्ध विकास बोर्ड (पहिलो संसोधन) विनियमावली २०७७ समेत स्वीकृत गरेको छ भने संगठन तथा ब्यवस्थापन सर्वेक्षण उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०७७