समाचार हेडलाईन न्युज

काठमाडौं नाकालाई शील गर्नुपर्छ : काठमाडौं महानगरपालिका प्रमुख

सुनकोशी न्युज
२०७७ साउन २६ गते सोमबार

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई शील नगरेसम्म उपत्यकाभित्र संक्रमण नियन्त्रणमा नआउने बताएका छन् ।

संचारकर्मीसँग कुरा गर्दै शाक्यले उपत्यकामा समुदायमा भन्दा बाहिरी जिल्लाबाट आएका व्यक्तिमा संक्रमण देखिएकाले त्यसलाई नियन्त्रण गर्न नाकामा सिल गर्नुपर्ने बताएका हुन् ।

अहिले नै सिल नगर्ने हो भने संक्रमण नियन्त्रण भन्दा बाहिर जान सक्ने भन्दै उनले उपत्यकामा संक्रमण फैलियो भने रोक्न धेरै गाह्रो हुनसक्ने बताए।

‘उपत्यकामा संक्रमण फैलियो भने रोक्न धेरै गाह्रो हुन सक्छ । किनकि यहाँ घना वस्ती छ । एउटै घरमा धेरै व्यक्तिहरू बस्छन् । घरधनी एकजना  छ भने त्यही घरमा बहालमा बस्नेहरू धेरैजना छन् । एउटै कोठामा धेरै व्यक्ति बसेका छन् । यहाँ बिजनेस कम्प्लेक्सहरू धेरै छन् । यहाँ बजार धेरै छ । यहाँ बजारमा आवतजावत गर्दा एकव्यक्ति र अर्को व्यक्ति ठोकिने सम्भावना धेरै छ,’ उनले भने ।

शाक्यले भन्छन् ´हामीले भनेका थियौँ उपत्यका सिल गरौँ । उपत्यकालाई कडा गरौँ । उपत्यकाभित्र रहेका ४० लाख व्यक्तिमा खुकुलो गरौँ तर केही व्यक्तिलाई काठमाडौंभित्र छिराउँदाखेरी काठमाडौं एउटा शान्त तलाउ भनेका थियौँ, शान्त पोखरीमा ढुंगा हानेजस्तो हुन्छ ।’

प्रकाशित मिति: सोमवार, साउन २६, २०७७