समाचार हेडलाईन न्युज

जे निर्णय गरे पनि बिधि, पद्धतिबाट हुन्छ : माधवकुमार नेपाल

सुनकोशी न्युज
२०७७ साउन २६ गते सोमबार

काठमाडौं । पार्टीभित्र संकट गहिरिँदै गएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले आन्तरिक भेटघाटलाई तीव्रता दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच संवादविहीनतातिर अघि बढेपछि वरिष्ठ नेताद्वय आन्तरिक छलफलमा जुटेका छन।

केन्द्रीय कमिटीका केहि सदस्यहरू सोमबार वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । छलफलका क्रममा नेता नेपालले वर्तमान गतिरोधको समाधान बैठकबाटै खोज्ने दृढता व्यक्त गरेका थिए ।

अन्तिमसम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बैठकमा ल्याउने प्रयत्न भइरहेको र जे निर्णय गरे पनि बिधि, पद्धतिबाट बैठकमै ल्याएर गर्ने दिशामा संवाद अघि बढेको जानकारी नेता नेपालले भेट्मा सदस्यहरूलाई गराएका छन ।

प्रकाशित मिति: सोमवार, साउन २६, २०७७