समाचार हेडलाईन न्युज

गृहमन्त्रालयले गर्‍यो उपत्यका प्रवेशमा कडाई

सुनकोशी न्युज
२०७७ साउन १५ गते बिहीबार

काठमाडौं – गृहमन्त्रालयले बिहीबारबाट  साँझ ७ देखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ ।

बिहीबार साँझ विज्ञप्ति जारी गरेर गृहमन्त्रालयले उपत्यका भित्रिने धेरै यात्रुहरुमा कोभिड १९ पोजिटिभ देखिएकोले रातको समयमा प्रवेशमा रोक लगाएको हो ।

उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरुलाई पनि अत्यावश्यक कामबाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न एवं बिनापास अन्तर जिल्ला आवागमन पूर्ण बन्द गराउन पनि निर्देशन दिइएको छ।                                       

प्रकाशित मिति: बिहिबार, साउन १५, २०७७