समाचार हेडलाईन न्युज

नारायणगण–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने

सुनकोशी न्युज
२०७७ साउन १५ गते बिहीबार

नारायणगढ–भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले नारायणगण–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत शुल्क लिने निर्णय गरेको छ।

नियमित मर्मत सम्भार गर्न स्रोतको अभाव नहोस् भन्नको लागि सडक मर्मतसम्भार दस्तुर लिने चलन भएकोले सडक उपभोग दस्तुर संकलन गर्न स्वीकृति दिने निर्णय भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

मन्त्रिपरिषदले नारायण–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत हलुका सवारी साधनले प्रतिटिप २५ रुपैयाँ र भारी सवारी साधनले ५५ रुपैयाँ तिर्नुपर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: बिहिबार, साउन १५, २०७७