जीवनशैली समाचार हेडलाईन न्युज

एकता बचाउन चिन्तित गजुरेलको सक्रियतासँग चिन्ता किन ? (गजुरेलले बैठकमा पेस गरेको लिखित सुझाव सहित)

सुनकोशी न्युज
२०७७ साउन १६ गते शुक्रबार,
काठमाण्डौं । नेकपाका स्थायी समिति सदस्य हरिवोल गजुरेल यतिबेला पार्टीमा आएको समस्याका कारण पार्टी फुट्न सक्ने खतराबाट पार्टीलाई बचाउन समन्वयकारी भूमिका निर्वाह गर्दै दुबै अध्यक्ष र अन्य नेताहरुकोमा दौडधुप गरिरहेका छन् ।

भरखरै एकता भएको पार्टी कुनै पनि हालतमा फुट्नु हुदैन भनेर दृढताका साथ एकता जोगाउन लागि पर्ने नेतामा गजुरेल अग्रपंक्तिमा छन् । पार्टी एकता बचाउन अध्यक्षद्वयले आफ्नो आचरणमा परिवर्तन ल्याउनुपर्ने, पार्टी संचालनको तरिका बदल्नु पर्ने, संगठनमा नेता कार्यकर्ताको मूल्याङ्कन गर्ने पद्यतिमा विकास गर्नुपर्ने र सबै तहका नेता–कार्यकर्ता अनिवार्य उत्पादन इकाइमा जाडिएर सफल परिणाम दिनुपर्ने लगायतका सुझाव दिएका छन् ।

विगत एक वर्षदेखि गजुरेलले स्थायी समितिको बैठक र केन्द्रीय समितिको बैठकमा यो सूझाव निरन्तर लिखित र मौखिक रुपमा पेस गर्ने गरेका छन् । उनले नेताहरुलाई भेटेरै पनि यसबारे बताउने गरेका छन् । पछिल्लो समय यसबारे पार्टीका विभिन्न तहका नेताहरुसँग सार्वजनिक रुपमै यसबारे बताउने गरेका छन् । यसको साथै उनले अध्यक्ष प्रचण्डलाई पार्टी एकता जोगाउन र पार्टीलाई सही दिशामा संचालन गर्न केही महत्वपूर्ण सुझाव दिएको पनि बताएका छन् । उनले अध्यक्ष ओलीलाई पनि त्यस्तो सल्लाह दिएको बताएका छन् । यसका लागि उनले दुबै अध्यक्षसँगको भेट र छलफललाई सघन बनाएका छन् ।

तर उनलाई अध्यक्ष प्रचण्डको ‘यस म्यान’ का रुपमा देख्न चाहने केही व्यक्तिहरु गजुरेलको यो रचनात्मक भूमिका मनपराइरहेका छैनन् । उनीहरु अहिले पनि बिगतमा झैं गजुरेलले आँखा बन्द गरेर प्रचण्डको कदममा लय मिलाउनुपर्ने, आदेश पालकको रुपमा खडा हुनुपर्ने अपेक्षा राखिरहेका छन् । तर यस बारे नेता गजुरेलको धारण फरक छ । बिगत लामो समयदेखि प्रचण्डलाई निशर्त सहयोग गर्दै आएको, हरेक निर्णयमा सही लगाएको हो । तर पार्टीमा हुने गलत निर्णयमा प्रश्न गर्नसक्नुपर्ने उनको भनाई छ । प्रश्न गरेर नेतृत्वको गलत निर्णय र गलत कार्यलाई रोकेर नेतृत्व र पार्टी दुबै बचाउन सकिने काम बिगतमा गर्न नसके पनि अब त्यो कार्य गर्नबाट कसैले चुक्नु नहुने उनको तर्क छ । उनको तर्कसँग सहमत हुन नसक्ने पूर्वमाओवादीका केही मानिस उनलाई ओली गुटमा लागेको आरोप समेत लगाउन पछि परेका छैनन् । नेतृत्वको सचेत पहलकदमीलाई अवमूल्यान गर्दै बिद्रुपिकरण गर्नु र चरित्रहत्या गर्ने तहसम्म पुग्नुले हिजो पार्टी कसरी पतनको दिशामा अग्रसर भएको रहेछ भन्ने तथ्यलाई उजागर गरेको देखिन्छ ।

स्थायी समिति र केन्द्रीय समितिको बैठकमा नेता गजुरेलले पेस गरेका पार्टी सुधारसम्बन्धी बुंदाहरु यसप्रकार छन् :

१. नयाँ संविधान बन्यो । निर्वाचनपछि वाम गठबन्धनको वर्चश्व सहितको नयाँ संसद र स्पष्ट जनादेश प्राप्त एकीकृत पार्टीको नेतृत्वमा नयाँ सरकार बन्यो । तर नयाँ सविधानको स्प्रिट अनुसार ती सस्थाहरु चलिरहेका छैनन । पुरानै संंसदीय अभ्यासले निरन्तरता पाईरहेको छ । संविधानको सारतत्वअनुसार राजनीतक दलहरु अर्थात सरकार पक्ष र प्रतिपक्ष चल्न सकेका छैनन । पुरानै अभ्यास र आचरणले निरन्तरता पाउदा जनताको चेतना अगाडि र राजनीतिक पार्टीहरुको चेतना पछाडि देखिन्छ । यो शुभसंकेत होईन । समयमै गंभीर भएर नयाँ संविधानको अन्र्तवस्तु अनुरुप आचरण गर्न सकिएन भने पुरानो संसदीय ब्यवस्था सम्बन्धि लेनिनको भनाई आकर्षण हुने संभावना बढ्दै गईरहेको छ । यसको फाईदा पश्चगामी र यथास्थितिवादीले उठाई रहेका छन् ।

२. ऐतिहासिक भूमिका निर्वाह गरेका भिन्न पृष्ठभूमिका दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २००६ सालको कम्युनिष्ट पार्टीको निरन्तरता होइन, क्रमभंग हो । यो रुपमा पुरानो जस्तो देखिए पनि सारमा नयाँ पार्टी हो । नयाँ पार्टी संचालन गर्न नयाँ विधि, नयाँ नीति, नयाँ संगठनात्मक संरचना, शक्ति विन्यास्, नयाँ कार्यशैली र आचरणको आवश्यकता पर्छ । नयाँ पार्टीलाई नयाँ तरिकाले संचालन गर्नु पर्ने हुन्छ तर हामी पुरानै तरिकाले संचालन गरिरहेका छांै । फलस्वरुप नेकपा गोलचक्करमा फसिरहेको छ । जनता निरास हुँदै गईरहेका छन् ।
गाडीमा नयाँ सिस्टम विकास भयो भने या त पुरानो ड्राइभरले नयाँ सिस्टम अनुरुप आफूलाई अपग्रेड गर्नुप¥यो, या नयाँ सिस्टम जानेको ड्राइभर राख्नुप¥यो । मैले ३०÷४० वर्षदेखि गाडी चलाउदै आएको भनेर पुरानै तरिकाले गाडी चलायो भने नयाँ सिस्टम ध्वस्त हुने मात्रै होइन, दुर्घटना पनि हुन्छ । अहिले पार्टी, सरकार र संसद यसै प्रकारको दुर्घटनातिर अग्रसर छ ।

३. अहिले हाम्रो पार्टीमा पैदा भएका समस्या व्यक्तिको कारणले मात्रै हो कि नयाँ विधि, आचरण र कार्यशैलीको विकास हुन नसकेर भएको हो भन्ने वहस् आवश्यक देखिन्छ ।
व्यक्तिका कमजोरी छन् तर व्यक्ति मात्रै बदलेर समस्याको समाधान हुदैन । मेसिनमा पुरानै डायस छ भने व्यक्ति बदलेर पनि समस्या हल हुदैन । हामीले डायसमा केही सुधार वा नयाँ डायस निर्माण गरेर मात्र यो समस्याको समाधान गर्न सकिन्छ । डायसमा पैदा भएको समस्या हल गरेपछि व्यक्तिको छनौटले अर्थ राख्छ ।

४. तर अहिले कोरोना विरुद्धको संघर्ष र आसन्न बजेट अधिवेशनका कारण संक्रमणकालीन ब्यवस्थापन गनुृ पर्दछ । संगठनमा र सरकारको कामका सन्दर्भमा नमिलेका कुराहरु मिलाउदै जानु पर्छ । संसद र सरकारका कामलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानिय तहमा सरकार संचालन गर्न राजनीतिक संयत्र बनाउनु पर्दछ । तीन तहबीच समन्वय गर्न एउटा समिति बनाउनु पर्छ ।

५. तत्काल हरेक तहको पार्टी कमिटीमा मुल्याड्कन समिति निर्माण गरेर वर्तमानमा भईरहेका विधि—पद्धत्तिको पालना नगर्ने अराजक प्रवृत्ति, गुटग्रस्त मानसिकता र गतिविधि तथा नेताको वरिपरि धुमिरहने गणेश प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी छ । मूल्याड्नमा नम्बर घट्ने वा बढ्ने कारणले नेताकार्यकर्ता स्वतः विधि, पद्धत्ति र अनुशानको पालना गर्न थाल्नेछन् । यसका लागि संगठन विभाग र अनुशासन आयोगले कार्यशैली र जीवनशैली सम्बन्धि केही नियम सहित आचारसंहिता बनाउनु पर्दछ ।

६. नेता—कार्यकर्तालाई जिम्मेवारीे दिने सम्बन्धमा केही नयाँ अभ्यास गर्नु जरुरी छ । कोरोनाले मानिसको जीवन र अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभावलाई न्यूनिकरण गर्न हरेक नेता कार्यकर्ताले संगठनात्मक कार्यलाई केद्रमा राखेर सार्वजनिक काम र उत्पादन कार्यको नेतृत्व गर्नु पर्दछ । यो अभ्यासले उत्पादन वृद्धि र समाजलाई ब्यवस्थित गर्नुका साथै ढाँटछल, कमिसन, भ्रष्टाचार, ठगिबाट गुट चलाउने र जीवनयापन गर्ने वर्तमान प्रचलन न्यूनिकरण हुदै जानेछ ।

 संगठनात्मक काम
 सार्वजनिककाम
 उत्पादनको काम

हरिबोल गजुरेल
स्थायी समिति सदस्य,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७