समाचार हेडलाईन न्युज

राप्रपा परित्याग गरेका सूर्यबहादुर थापापुत्रलाई कांग्रेसले दिनेभयो सहमहामन्त्री

सुनकोशी न्युज
२०७७ साउन १३ गते मंगलवार

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका धनकुटाका सूर्यबहादुर थापापुत्र नेता सुनिलबहादुर थापालाई पार्टीको सहमहामन्त्री पद दिने तयारी गरेको छ ।

थापासँग आउने अन्य ३० जना राप्रपा नेताहरूमध्ये ५ जनालाई केन्द्रीय सदस्य दिने भएको छ। थापाले आफूलाई महामन्त्री र अन्य ११ जना नेतालाई केन्द्रीय सदस्य माग गर्नुभएको थियो ।

कांग्रेसले गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई निष्कासन गरेलगत्तै थापालाई पार्टी प्रवेश गराउन खोजेको भन्दै केही नेताहरुले असन्तुष्टि जनाएका छन् ।

प्रकाशित मिति: मङ्लबार, साउन १३, २०७७