समाचार हेडलाईन न्युज

सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली अन्त्य

सुनकोशी न्युज
२०७७ श्रावण ६ गते मंगलबार

काठमाडौं- सार्वजनिक र निजी सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली अन्त्य भएको सरकारले घोषणा गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अर्थ एवं संचार तथा सूचना प्रविधिमन्त्री खतिवडाले भने, ‘सार्वजनिक यातायात नियमित रूपमा चल्ने भएका छन् । त्यस्तै, निजी सवारी साधनहरू पनि जोरबिजोर बिना नै चल्ने भएका छन् । धेरै गतिविधिहरू अब नियमित रूपमा फर्कन्छन् ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरी भदौ १ गतेदेखि छोटो, मध्यम र लामो दूरीका निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको पनि मन्त्री खतिवडाले जानकारी दिए।

प्रकाशित मिति: मङ्लबार, साउन ६, २०७७