मुख्य समाचार शिक्षा/स्वास्थ्य समाचार

मिल्सबेरी स्कुललाई अविभावकले बुझाए ज्ञापनपत्र

 सुनकोशी न्युज
२०७७ श्रावण ६ गते मंगलबार
भक्तपुर । भक्तपुरको गठ्ठाघरमा रहेको मिल्सबेरी इन्टरनेशनल प्रिस्कुलले विद्यार्थीको अनलाइन कक्षालाई निरन्तरता दिनुपर्ने, त्यसका लागि अविभावकले आपसी सहमतिमा न्युनतम शुल्क भुक्तानी गर्ने जनाएको छ ।

लामो समयको लकडाउनका कारण वालवालिकाको पढाइमा असर परेको भन्दै अनलाइन कक्षाहरु संचालन गर्न अनुरोध गरेको हो । यसका लागि सरकारले गर्ने निर्णयपछि अर्को व्यवस्था भएमा सोही अनुसार गर्ने गरी अविभावकहरुको सहकार्यमा कक्षा संचालन गर्न ज्ञापन पत्र पेस गरेको विज्ञप्तीमा उल्लेख छ ।

अनलाइन कक्षा संचालन गर्ने र त्यसका लागि रु. ४०००/- शुल्क तिर्न आफूहरु तयार भएकाले शिक्षकहरुलाई पनि पारिश्रमिक दिन माग गरिएको छ । उनीहरुले अविभावकहरुको तर्फबाट स्कुल व्यावस्थापनलाई पेश गरेको ज्ञापनपत्र यस्तो छ :

प्रबन्ध निर्देशक ज्यू
मिल्सबेरी इन्टरनेशनल प्री स्कूल
गठ्ठाघर, भक्तपुर
बिषयस् ज्ञापन–पत्र
महोदय,
उपरोक्त बिषयमा अहिले देशमा मात्र नभई विश्वमा नै कोभिड–१९ को महामारीका कारण विभिन्न क्षेत्रमा परेको नकारात्मक प्रभाव र त्यसले निम्त्याएको अस्तव्यस्तताका बारेमा हामी सबै स्पष्ट नै छौ । यस प्रकोपको कारण आम शैक्षिक संस्था बन्द रहँदा बच्चाहरुको गुणस्तरीय शैक्षिक भविष्य प्रति नै गंभिर प्रश्न उब्जिएको छ ।
यस्तो अवस्थामा यस मिल्सबेरी इन्टरनेशनल प्रि स्कुलले सञ्चालन गरेको अनलाईन कक्षाले थोरै नै भएपनि हामीलाई र हाम्रा बच्चाहरुका लागि गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्नमा सकारात्मक भुमिका खेलिरेहेको अबस्थामा एकाएक अनलाईन कक्षा बन्द हुँदा हामी अभिभाबकहरु स्तब्ध भएका छौ ।
अभिभाबकहरुलाई बन्द हुने वा बन्द गर्नुपर्ने कारणबारे कुनै जानकारी नदिई स्कुल व्यवस्थापनले अनलाईन कक्षा बन्दा गर्दा एकातर्फ बच्चाहरुको पढन पाउने अधिकार बच्चित भएको छ भने अर्को तर्फ सम्पुर्ण हामी अभिभावकहरुलाई यस निर्णयले दुःखित बनाएको छ । यसर्थ हामी अभिभावकहरु स्कुल व्यवस्थापनलाई अविलम्व अनलाईन कक्षा पुनः सञ्चालन गर्न जोडदार माग गर्दछौ ।
एक हप्ता अघिमात्र स्कुलले फि तथा किताव किन्न दिएको समयको अल्टिमेटमलाई शिरोपर गर्दै सम्पुर्ण अभिभावकहरुले किताव साथै मासिक शुल्क र कतिपय अभिभावकहरुले बार्षिक शुल्क समेत बुझाइसकेको अबस्थामा स्कुल व्यवस्थापनले अभिभावक संग कुनै छलफल नगरी एकातर्फी र अप्रत्यासित ढंगले अनलाईन कक्षा बन्द गर्ने निर्णय गर्नुले हामी सम्पुर्ण अभिभावकलाई अचम्मित बनाएको छ भने हाम्रा बच्चाहरुको भावनामा गम्भिर चोट पुगेको छ ।
यसर्थ, विद्यालय व्यवस्थापनले अभिभावकसंग कुनै पनि छलफल नगरी एकाएक अनलाईन कक्षा बन्द गर्ने निर्णय गर्नु गलत हो भन्ने हाम्रो निष्कर्ष रहेको छ । यसर्थ अनलाईन कक्षा अबिलम्व पुन सञ्चालन गरी गल्ति सच्याउन र अध्यापन नियमित गर्न÷गराउन विद्यालय व्यवस्थापनसंग हामी अभिभावकहरु जोडदार माग गर्दछौ ।
बिगतमा यस मिल्सबेरी प्रि इन्टरनेशनल स्कुल ब्यबस्थापनले लगातारको अभिभावक संगको सहकार्य, सल्लाह तथा सूझावहरुलाई मनन गर्र्दै हाम्रा बच्चाहरुको लागि सञ्चालन गरिएको अध्यापन कार्य गुणात्मक साथै प्रभावकारी भएकोमा हामी सबै अभिभावकहरु विद्यालय प्रशासन, शिक्षक÷शिक्षिका साथै सम्पूर्ण विद्यालय परिवार प्रति पुनः आभार व्यक्त गर्दछौ ।
हाल संसारभर नै समस्याको रुपमा रहेको ९कोभिड– १९० रोग हामी सबैका लागी असाधारण चुनौतिको बिषय हो भन्नेमा पनि हामी सबै जानकार नै छौ । यस रोगको महामारी र यसले पारेको अन्य नकारात्मक असरबाट हामी कोही अछुतो छैनौ ।
कोभिड–१९ जस्तो महामारी रोग र यसले उत्पन्न गरेको समस्याहरुको समाधान कूनै एक ब्यक्ति, संस्था वा देशले दिनसक्ने बिषय नै होइन् । बरु यतिबेला एकआपसको समझदारी वा सहयोगले रोगको नकारात्मक असर र यसले उत्पन्न गरेको समस्याहरुलाई कम गर्न भने अबश्य सकिन्छ ।
तसर्थ, हामी अभिभावक यस चुनौतिपूर्ण समयमा सबै पक्ष बिचको समन्वय तथा सहकार्यले नै हामी सबैले भोगिरहेका समस्याहरुको अधिकतम समाधान गर्न सकिन्छ भन्ने निष्कर्षका साथ, हाल यस संस्थाले बन्द गरेको अनलाईन कक्षा अविलम्व सुचारु गर्न र अनलाईन कक्षा साथै अन्य ब्यबस्थापकीय कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न केही सुझावहरु राख्ने निर्णयमा पुगेको व्यहोरा अवगत गराउँदछौ ।
हाम्रा यी सुझावहरुले आगामी दिनमा यस संस्थाको साथसाथै बच्चाहरुको शैक्षिक बिकासमा थप सहयोगी र प्रभावकारी हुनसक्ने हामीले विश्वास लिएका छौ ।
कोभिड–१९को कारण बन्द रहेका शैक्षिक संस्था त्यसकारण अलपत्रमा परेका लाखौं विद्यार्थीहरुको बारेमा अहिलेसम्म नेपाल सरकारले उचित र ठोस निर्णय दिन नसकेको स्थिति साथै शिक्षा मन्त्रालयको विभिन्न अल्पकालिन निर्देशनको कारण असहज बनेको शैक्षिक वातावरणका बिच हाम्रो मिल्सबेरी स्कुलमा सहज शैक्षिक बातावरणको साथ साथै प्रभावकारी व्यवस्थापनको लागि अभिभावक र स्कूल व्यवस्थापनबिच थप सहमतीका साथ अगाडी जान सकियोस भन्नका लागि निम्न बुदाँहरु सुझावको रुपमा अभिभावकको तर्फबाट पेश गर्ने निर्णय गरेका छौ ।

१। नेपाल सरकारबाट हाल भईरहेका कूनै पनि अनलाईन कक्षाहरुलाई पूर्णरुपमा आधिकारीकता नदिइएको तथा सो को कूनैपनि शूल्क लिन नपाईने भनिएको अबस्थामा तपाई हामी सबैलाई अनिश्चितता भएको र लिनु वा दिनु दूबैलाई गैरकानूनी महशुस भएकोले हामी अभिभावकको तर्फबाट यसलाई आधिकारीक रुपले सहमति दिई, हालको कठिनाईलाई महसुस गरी निम्नानुसारको ब्यहोरामा अभिभावक सहमत भएको जानकारी गराउन चाहन्छौ ।
क० विद्यालयले बच्चाहरुको गुणस्तरीय अध्ययन अध्यापनको लागि अविलम्व अनलाईन कक्ष प्रभावकारी रुपमा सञ्चालन गर्ने ।
ख० माथि उल्लेखित बुँदा अनुरुप अनलाईन कक्षा ब्यबस्थित भएको समयसम्म पहिले जे जति भए पनि सो को लागी मासिक रु ४००० अक्षरुपी चार हजारका दरले शूल्क भूक्तानी गर्न हामी नेपाल सरकारको निर्णय कूर्ने छैनौ । यदी नेपाल सरकारले कूनै निणर्य गरी यो रकम कम हुन गएमा सो अनूरुप स्वतह लागु हूनेमा कुनै ब्यबधान हूने छैन । तर पहिले अनूरुप भौतिक रुपमानै नियमित कक्षा संचालन भएको खण्डमा भने नियमित अनूरुपको शूल्क भूक्तानी हूनेमा समेत अभिभावकको तर्फबाट कुनै बिमती रहने छैन ।
२० हालकै समयमा भएका कक्षाहरुलाई थप ब्यबस्थित गरी हाम्रा बच्चाहरुलाई स्कुलमा भौतिक रुपमा उपस्थित हुन नपाएका कारण उत्पन्न मानसिक समस्या एवं गुणस्तरीय शैक्षिक वातावरण प्राप्त गर्न भएका कठिनाईहरुलाई सकेसम्म न्युन गर्न स्कुल व्यवस्थापनले थप योजनाबद्ध कदम चाल्नुपर्नेछ ।
३० अब आगामि दिनमा बच्चाहरुको व्यवस्थापकीय साथै शैक्षिक बिषयमा निर्णय लिदा अभिभावकहरुलाई समयमै सूचना दिनुपर्ने र आवश्यक पूर्व सल्लाह गर्नुपर्ने छ ।
४। अनलाईन कक्षा अध्यापन गर्ने शिक्षक शिक्षिकाको मासिक तलव कुनैपनि रुपमका कटौति नगरी विद्यालयले शिक्षकहरुको पूर्ण तलव भुक्तानि गर्नुपर्नेछ ।
अन्त्यमा, सम्वन्धित निकाय वा सरकारको ठोस निर्णय नभएका कारण अनिश्चित यस अबस्थामा पनि हामि अभिभाबकको तर्फबाट आधिकारीक तथा सहमितिय बाताबरणले यहांहरुको विद्यालयको शैक्षिक साथै ब्यबस्थापकिय कार्यमा समेत थप सहयोग पुग्र्ने विश्वास हामीले लिएका छौ । यस सुझावहरुलाई स्कुल व्यवस्थापनले सकारात्मक रुपमा ग्रहण गरी अगाडी बढनमा सहजता हूने अपेक्षा हामीले राखेका छौ ।
माथी उल्लेखित बिषयमा साथै आगामि दिनमा आउन सक्ने थप चुनौतिहरुलाई मिलेर सामना गर्नको लागि पनि स्कुल व्यवस्थापन र हामी अभिभावक बिचको थप स्विकायर्ता र समझदारी आबश्यक हुने हुदां आजको यस समझदारीले उक्त वातावरण बन्ने विश्वसा हामीले लिएका छौ ।
धन्यवाद १
मितिः २०७७ साउन ६ गते
यहांहरुको साथमा उपस्थित अभिभावकहरुः
अभिभावकको नाम बच्चाको नाम हस्ताक्षर
निर्मल ज्ञवाली – नुतन ज्ञवाली
राजिब भट्टराई – सतभिक भट्टराई
सरोज याकमी – सुभिद याकमी
रागिनि यादव – पराग यादव
अनिल श्रेष्ठ – आरभ श्रेष्ठ
सन्तोष धिताल – संम्भव धिताल
पवन भट्टराई – परिधि भट्टराई
सुनिल रिजाल – रिया रिजाल
स्मिता मानन्धर – शासा श्रेष्ठ
रजनि तामाङ – सफल शर्मा
रिता टाटा – बेन्जो टाटा
ईजु श्रेष्ठ – इभाना रघुवंशी
संस्कृति नेपाल – संस्कृति औजा
शालिक राम अर्याल – प्रेजल अर्याल
गोपाल राना मगर – इभान राना मगर
बिशाल पहाडी –बिभान पहाडी

प्रकाशित मिति: मङ्लबार, साउन ६, २०७७