समाचार हेडलाईन न्युज

साउन ६ गते मध्यरातबाट लकडाउन अन्त्य

सुनकोशी न्युज
२०७७ श्रावण ६ गते मंगलबार

काठमाडौं । सरकारले मंगलबार (आज) मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ६ गतेदेखि लागु हुनेगरी लकडाउन अन्त्य गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधी मन्त्री युवराज खतिवडाले जानकारी दिए ।

लकडाउन अन्त्य गरे पनि जोखिमको अवस्था हेरेर कतै निषेधित क्षेत्र घोषणा गर्न सकिने खतिवडाको भनाइ छ ।

सरकारले कोरोना संक्रमणको जोखिमका कारण गत चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो।

प्रकाशित मिति: मङ्लबार, साउन ६, २०७७