कर्णाली मुख्य समाचार समाचार स्थानीय

घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी

सुनकोशी न्युज
२०७७ श्रावण ६ गते मंगलबार
कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी भएको छ।

उपप्रमुख प्रेमकुमारी थापाले प्रयोग गर्ने से १ झ २४१ नम्बरको स्कारपियो गाडी पार्किङ गरि राखिएको अबस्थामा आगजनी गरिएको छ।

घोडाघोडी नगरपालिकाका निमित्त प्रशासकीय प्रमुख खगेन्द्र बहादुर सिंहको निवासमा उक्त गाडी पार्किङ गरी राखिएको अवस्थामा राती ११ बजे आगजनी भएको उपमेयर प्रेम कुमारी थापाले सुनकोशी न्युजलाई जानकारी दिनुभयो ।

आगजनी कसले के कारणले गरेको भन्ने बारेमा अहिलेसम्म जानकारी नभएको उपमेयर थापाले बताउनु भयो ।

प्रकाशित मिति: मङ्लबार, साउन ६, २०७७