खेल मुख्य समाचार

मेसी बने सर्वाधिक गोल गर्ने खेलाडी

सुनकोशी न्युज,
२०७७ साल साउन ६ गते मंगलवार

बार्सिलोनाका स्टर अर्जेन्टिनी खेलाडी लियोनल मेसीले ‘गोल्डेन बुट’ अवार्ड पाएका छन् ।

मेसी यो सिजनको ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । बार्सिलोनाका कप्तानसमेत रहेका मेसी जारी सिजनको ला लिगामा कुल २५ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो स्थानमा रहे।

सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा रहेका रियल म्याड्रिडका करिम बेन्जेमाले कुल २१ गोल गरे। १८ गोलसहित भिल्लारियलका जेरार्ड मोरेनो तेस्रो, १६ गोलसहित बार्सिलोनाका लुइस स्वारेज चौथो र १५ गोलसहित एथलेटिक बिल्बाओका राउल गार्सिया पाँचौं स्थानमा रहे।

सोमबार बिहान खेलियको अन्तिम चरणको खेलसंगै युरोपेली क्षेत्रको चर्चित घरेलु लिग ‘स्पेनिस ला लिगा’को यो सिजन समाप्त भएको छ।

प्रकाशित मिति: मङ्लबार, साउन ६, २०७७