समाचार हेडलाईन न्युज

खुर्कोट घुर्मी सडक खण्ड अवरुद्ध

सुनकोशी न्युज,
२०७७ साल साउन ६ गते मंगलवार

सिन्धुली – सिन्धुलीको खुर्कोट घुर्मी खण्डको गोलञ्जोर गाउँपालिका १ च्याकुटारबेसीमा गएराति पहिरो गएपछि सडक अवरुद्ध बनेको छ।

गएराति १० बजे खसेको पहिरोले स्थानीय नेत्रबहादुर सुनुवारको घरमा सामान्य क्षति पुगेको छ भने सडक पूर्ण रुपमा बन्द भएको छ ।

उक्त सडक बन्दहुंदा सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर जाने यात्रु प्रभावित भयका छन् ।

प्रकाशित मिति: मङ्लबार, साउन ६, २०७७