बागमती समाचार स्थानीय हेडलाईन न्युज

फिक्कल गाउँपालिकालाई कर्मचारी फिर्ता नगर्न मन्त्रालयको निर्देशन (चिठी सहित)

सुनकोशी न्युज,
२०७७ साल साउन ५ गते सोमबार

काठमाण्डौं — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिन्धुलीको फिक्कल गाउँपालिकालाई कर्मचारी फिर्ता गर्ने जस्तो गैरकानुनी काम अबदेखि नगर्न निर्देशन दिएको छ ।

मन्त्रालयले स्थानीय सेवाको पदमा लोक सेवा आयोगबाट सिफारिस भई नियूक्ति हाजिर गरी कामकाज गरिरहेको कर्मचारीलाई अयोग्य समेत घोषण गरी प्रकृतिक न्यायको न्यूनतम सिद्धान्तको समेत पालना नगरी यस मन्त्रालयमा फिर्ता गरिएको देखिएकोमा गम्भिर ध्यानाकर्षय भएको जनाएको छ ।

उक्त कर्मचारिलाई फिर्ता गर्न नमिल्ने भएको हुँदा सम्बन्धित गाउँमालिकामै हाजिर गराउँनु हुँन र आगामि दिनमा पनि यस्तै घटना पूनः दोहोरीए त्यस गाउँपालिकामा प्रदान हुँने वित्तिय समानिकरण अनुदान रोक्का गर्न सम्बन्धित निकायमा सिफारिस गरिने चेतावनी मन्त्रालयले दिएको छ ।

साउन २ गते  उक्त गाउँपालीकाले त्यहाँ कार्यरत एक कर्मचारिलाई मन्त्रालय फिर्ता पठाउने निर्णय गरेको थियो । साउन ५ गते मन्त्रालयको यस्तो चेतावनी आएको हो ।

चिठी :

 

प्रकाशित मिति: सोमवार, साउन ५, २०७७