अर्थ/विजनेस समाचार हेडलाईन न्युज

भदौ १ देखि हवाई उडान खुलाउने सरकारको निर्णय

सुनकोशी न्युज,
२०७७ श्रावण ५ गते आइतबार,
काठमाण्डौं । कोभिड–१९ माहामारीका कारण पाँच महिनादेखि बन्द रहेको अन्तरिक तथा बाहृय हवाई उडान भदौ १ गतेबाट खुल्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा हवाई उडान सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए ।

कोरोना भाइरस (कोभिड(–१९) को संक्रमण फैलिन नदिन सरकारले चैत ५ गतेबाट अन्तराष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने १० गतेबाट आन्तरिक उडान बन्द भएको थियो ।

प्रकाशित मिति: सोमवार, साउन ५, २०७७