समाचार हेडलाईन न्युज

ताल फुट्नसक्ने भन्दै सतर्कता अपनाउन नदी तटीय क्षेत्रका बासिन्दालाई अनुरोध

सुनकोशी न्युज
२०७७ साउन ५ सोमबार

काठमाडौं । लगातारको वर्षाको कारण चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो ताल फुट्ने सम्भावना बढेको छ। चीन सरकारले उक्त ताल फुट्नसक्ने भन्दै सतर्कता अपनाउन नेपाललाई जानकारी दिएको हो।

उक्त ताल फुटेमा भोटेकोशीमा आकस्मिक रुपमा पानीको बहाव बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तकताका लागि अनुरोध गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले नदी तटका बासिन्दालाई तत्काल नदी तटीय क्षेत्र छोडी सुरक्षित स्थानमा जान आग्रह गरेको हो ।

प्रकाशित मिति: सोमवार, साउन ५, २०७७