अर्थ/विजनेस समाचार हेडलाईन न्युज

बिहीबारबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने सहमति

सुनकोशी न्युज
२०७७ साउन ५ सोमबार

काठमाडौं । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच आगामी बिहीवारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सहमति भएको छ ।

सरकार, यातायात व्यवसायी र मजदुर संगठनबीच सोमबार भएको छलफलमा बिहीबारबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने सहमति जुटेको हो ।

चालक र सहचालकको सुरक्षा ग्यारेन्टी गर्नुपर्ने, कोरोना बिमा गर्नुपर्ने लगायतका व्यवसायीको मागमा सरकार सहमत भएको छ भने केही मौद्रिक नीतिले सम्बोधन गरेको छ ।

प्रकाशित मिति: सोमवार, साउन ५, २०७७