समाचार हेडलाईन न्युज

रेल्वे बोलपत्रमा भ्रष्टाचारको आशंका

सुनकोशी न्युज
२०७७ श्रावण ७ गते बुधवार

काठमाडौं- संसद्को लेखा समितिले रेल विभागले १०५ किमी (इनरुवा–काँकडभिट्टा) रेल्वे निर्माणका लागि हालै गरेको ३२ अर्बको बोलपत्र काजजात मागेको छ।

उक्त बोलपत्र नियमविपरीत भएको भन्दै उजुरी परेपछि समितिले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत रेल विभागसँग काजजात मागेको हो।

करिब १ सय ५० निर्माण व्यवसायीलाई स्वस्थ्य प्रतिस्पर्धाबाट बञ्चित गराई १७ वटा निर्माण व्यवसायीलाईमात्र सहभागी हुन मिल्नेगरी अनावश्यक सर्त समावेश गरी प्रतिस्पर्धाकानाममा बोलपत्र मागिएको गुनासो उजुरीकर्ताको छ।

रेल विभागले गत असार १४ र १७ गते बोलपत्र आह्वान गर्दा रेल्वे निर्माण गर्नेहरूले मात्र दरखास्त हाल्न पाउने भन्दै ५४ वटा खण्डमा बोलपत्र आह्वान गरेको थियो।

प्रकाशित मिति: बुधबार, साउन ७, २०७७