जीवनशैली मुख्य समाचार रोचक साहित्य

पासोमा परेकी चरीआमा

लक्ष्मी पुन

सुनकोशी न्युज, २०७७ श्रावण ३ गते शनिबार,

“त्यस पछि भने मैले थाल भुईमा राखे ।

एउटा पनि गास मुखमा राख्न सकिन ।

मैले मसगै टासिएर बसेकी नानीको अबोध अनुहारतिर हेरे । ” 

ती युध्द कालिन दिन थिए । र हामीहरुलाई माओबादी पत्रकार भनिन्थ्यो । काठमाडौ लगायतका शहर केन्दित केही मिडीयाले हामीहरुले गोली गा पनि बोक्ने गरेको प्रचार गर्थे । देशै भरी त्यतीखेर पा“च वटा जन गणतन्त्र रेडियोहरु संचालनमा थिए । हामी मध्य पश्चिम अवस्थित जन गणतन्त्र मगरात प्रशारण केन्द«मा कार्यरत थियौै । हाम्रो घुमन्ते रेडियो रोल्पा रुकुमका डाडा“ काडा“बाट प्रशारण हुन्थ्यो । र सुर्क्षाका लागि, रेडियोमा जन मुक्ति सेनाको पहिलो प्लाटुननै महिलाको कमाण्डमा आएको थियो ।

प्लाटुन कमाण्डर कमरेड चुनौतीले रेडियोको सुरक्षाको सुरुवाती मोर्चा सम्भाल्नु भएको हो । समय जटिल थियो र प्रतिकुलताका बिचबाट अनुकुलता खोज्ने हामीहरुलाई बानी पनि बसी सकेको थियो । बिहानी र बेलुका एक एक घन्टा समाचार लगायत कार्यक्रमहरु प्रशारण गथ्र्यौँ । रोल्पाको जलजला पहाड भौगोलिक तथा सामरिक दृष्टिले हाम्रो अनुकुल देखिए पनि, मौसम तथा विकटता आफैमा ठुलो चुनौती पनि थियो । खाद्दान्नको स्टक राखिए पनि कुहीने कुरा आवश्यक मात्रामा मात्रै मगाइन्थ्यो । प्रायः तरकारी थबाङको अजम्बरी जन कम्युनबाट आउथ्यो । जंगलमा पाईने निगालोको टुसा, जंगली च्याउ र अन्य खाद्द बनसपतीहरु प्रशस्तै खानामा प्रयोग गथ्यौँ । फुर्सद भएको बेला यो काममा लागथ्यौँ ।

मेशमा एक जना जेलबाङका बुडो दाई हुनुुन्थ्यो, उहाँले डोको भरी च्याउँ ल्याउने गरेको याद छ । सब भन्दा स्वादिष्ट रुख च्याउँ लागथ्यो । कुखुराको जुर जस्तै रातो रङको । विषालु जंगली च्याउँ पर्छ कि भन्ने त्रास न भ्एको पनि होईन । तर मेशका कमरेडहरु त्यही हावा पानी र बनस्पतीका बिच हुर्केक थिए । केही हद सम्म ढुक्क पनि थियौँ । मैले स्कुल पढदा देखिनै माछा मासु खान छोडेको थिए ।

प्रवासमा हाम्रो एउटा अनौपचारिक बाल समुह थियो । विद्दयालयबाट घर फर्किने बेला बाटोमा कुनै पशु पक्षीलाई समस्यामा दख्यौँ भने उद्धार गथ्यौँ । पुराना टिनका पाताहरु राखेर शेल्टर जस्तो पनि बनाएका थियौँ । घरबाट लुकाएर ल्याएर खाना खुवाउने काम सबैले आलो पालो गथ्यौँ । हामी केही शाकाहारी भएका थियौँ । कसैको घरमा कुखुरा काटन थाले भने, सबै रक्षार्थ झुम्मिन्थ्यौँ । कुखुरालाई अचानोबाट भगाई दिन्थ्र्यौँ । तर कलेज पढने बेला मलाई टिबी भए पछि आमाको दबावका कारण फेरी मासाहारी बनँे । यता स्वदेश आएर भुमिगत भए पछि, युद्धकालमा कति दिन भोकै पनि हिडीयो । अनि केको हो भनेर न सोधी मासु पनि खाईयो । तर मिठो भने लागेन ।

झाडीहरुले घेरेको ओसीलो ठाउँमा हाम्रो खाना पकाउने र खाने सानो मेश थियो । निगालो, काठ र प्लास्टिकबाट बनेको त्यो ठाउँ लाम्चो आकारको थियो । धुवाको निकासका लागि भित्ताका चारैतिर प्लास्टिक राखिएको थिएन । काठका पोलकाबिच खाली ठाउँ छोडिएको थियो । मेशका साथीहरु त्यही एउता कुनामा सुत्थे । त्यो ठाउँ तातो पनि थियो । जलजला वरीपरीका गाउँका कार्यकर्ता साथीहरु मेशमा खटनु हुन्थ्यो । आलो पालो चार जनाको संख्यामा मेश कमिटी थियो । एक जना कुमारी नाम भएको कमरेड त्यो टिममा थियो । उहाँ कहिले मसँग त कहिले सवी बानियासँग बसनु हुन्थ्यो । एक दिन बिहानको समाचार पढे पछि, म खाना खान तल मेशतिर झरे ।

हाम्रो स्टुडियो डाडाँमा थियो । मेशमा मेरो दुई बर्ष पुग्न लागेकी नानी खाना खादै थिई । उसलाई सानो कचोरामा साथीहरुले भात राखेर दिन्थे, आधा भुईमा आधा पेटमा हुन्थ्यो । चिरेका काठका फल्याकबाट बनेका बेन्च अगेनाका दुबैतिर थिए । बेन्चको उचाई कम राख्न मैलेनै सुझाव दिएको थिए । होचो झुपडी भएकाले धुवाबाट बच्न, त्यसो गरिएको थियो । साथै आगो ताप्न सजिलो पनि हुन्थ्यो । झट्ट हेर्दा शिशु कक्षाको याद आउथ्यो । त्यसमा बस्ने भने नानी बाहेक सबै वयस्क थियौँ । मेशको दाईले मलाई एउटा सिल्टीको थालमा खाना दिए ।

थालमा दुई पिस मासु पनि थियो । नानीको आमा भएर पनि होला निकै भोक लागेको थियो । चिसो मौसममा भात थालमा न राख्दै सेलाउथ्यो । तर ग्वाम ग्वाम खाने बानी थिएन । आज पनि छैन । बिस्तारी खान्थेँ मिठो भए न भए पनि । एक दुई गास खाएको थिए, मेशको बुढो दाईले आज कालिजको मासु पकाएको भन्नु भयो ।

“दुई वटा कालिज परेका थिए आज पासोमा,” उहाले भन्नु भयो ।
म खादै सुन्दै गर्न थाले ।
“माउ चाहि हिजै परेको रहेछ,”
म एक छिन अड्डिए ।

“मरी सकेको आमाको प्वाकभित्र दुबैतिर बच्चाहरु झुम्मिएका थिए,” उनी भन्दै गए ।

त्यस पछि भने मैले थाल भुईमा राखे । एउटा पनि गास मुखमा राख्न सकिन । मैले मसगै टासिएर बसेकी नानीको अबोध अनुहारतिर हेरे । अनि थाल लिएर बाहिर हाथ धुन गए । वरी परी बसेका साथीहरु मलाई हेर्न थाले ।

यस्ता अनेकौ घटनाहरुले मलाई पुनः साकाहारी बन्न बाध्य बनाए । तर यो घटना मेरो मानस पटलमा गडेर बसेको स, कहिले पनि न हटने गरी । मैले न देखेको त्यो दृष्य आज पनि मेरो आखा वरी परी नाची रहन्छ ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०७७