अन्तर्वार्ता/विचार जीवनशैली हेडलाईन न्युज

कम्यूनिष्टहरूले माक्र्सबाट सिक्नुपर्ने कुरा

वामदेव क्षेत्री (घिमिरे)
सुनकोशी न्युज
२०७७ असार २८ गते आइतबार,
कार्ल माक्र्स संसारभर कम्यूनिष्टहरूका सबभन्दा महान् गुरू हुन् । दर्शन, राजनीति, अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा वहाँले गर्नुभएको योगदानहरूले त्यसैमा टेकेर विश्वमा नै कम्यूनिष्टहरुले क्रान्तिकारी विज्ञानको रुपमा अंगिकार गरेका छन् । यो विज्ञानको बारेमा १६० वर्षपछि बहस भएपनि विश्वका विभिन्न सर्वेक्षणमध्ये वास्तविक वर्गिय समाजको उत्पत्ति अथवा मानिसहरुमा शारीरिक–मानसिक श्रम विभाजनको समयदेखि नै विभिन्न खाले विचार र दर्शनको जन्म भएपनि बिबिसीले एक्काइशौँ शताब्दीमा पनि सर्वश्रेष्ठ विचारक भनेर मूल्याङ्कन गरेको छ । कार्लमाक्र्सका सहपाठीहरुले दार्शनिक रुपमा संसारको व्याख्या नगरे तर वहाँले संसारको व्याख्यामात्र होइन ‘संसारलाई बदल्ने’ दर्शनको सुत्रपात गरे र त्यसरी वहाँ मानव इतिहासका महानतम विचारक बन्न पुग्नुभयो ।

भौतिक विज्ञानका विचारकहरुको विचार प्रणालीले भौतिक वा प्राकृतिक संसारलाई बुझ्न र बदल्न मद्दत गर्दथे भने कार्ल माक्र्सको विचार प्रणाली दुवै भौतिक र सामाजिक (अथवा प्राकृतिक र मानवीय) संसारलाई बुझ्ने र बदल्ने गर्दथ्यो र त्यसैले वहाँ अन्यभन्दा वैज्ञानिक र दार्शनिक रूपमा महानतम बन्न पुग्नुभयो । आजसम्म मानव इतिहासको सबभन्दा सुसंगत र संसारलाई दुवै बुझ्ने र बदल्ने सामथ्र्य राख्ने कार्ल माक्र्सको विचार प्रणालीको सारतत्वलाई स्वीकार गर्ने हामी कम्प्यूनिष्टहरू कस्तो हुनुपर्छ भन्ने आमसमुदायको जिज्ञासा हुनु स्वभाविक हो । त्यसैले हाम्रो जीवनशैली हाम्रा कार्यशैली, हामीले प्रयोग गर्ने विधी, सहयोगीसँग गर्ने व्यवहार कस्त ाबने त भन्ने बारे क. कार्लमाक्र्सका व्यक्तिगत स्वभाव र गुणहरू कस्ता थिए भनेर एकपटक “कम्यूनिष्ट नैतिकता” पुस्तक सबैले पढ्नुपर्ने भएको छ ।

नेपालको कम्यूनिष्ट आन्दोलनमा वर्तमान जीवित रहेका नेतृत्व क. मोहन विक्रम सिंह, क. खड्क प्रसाद ओली, क. पुष्पकमल दाहाल (प्रचण्ड), क. मोहन वैद्य (किरण), बाबुराम भट्टराई, क. माधव नेपाल, क. झलनाथ खनाल, हाल पार्टी खोलेर क्रान्ति गर्ने भन्ने विप्लप सबै कार्ल माक्र्सका गुण र स्वभाव एवं व्यवहारबाट धेरै टाढा हुनुहुन्छ । यहाँ वहाँहरुलाई कार्ल माक्र्सका सबै गुणहरुको अन्ध नक्कल गर्ने प्रयास नभएर त्यसको सारतत्वलाई बुझ्ने र आत्मसाथ गर्ने प्रति जोड दिएको मात्र हो । कम्यूनिष्ट पार्टीभित्र विचार विधि सिद्धान्तको बहस हुन्छ, त्यो पार्टीलाई जीवन्त राख्ने परिपाटी हो, बहसबाट हुने बहुमतको निर्णय पालना गर्ने सबैको कर्तव्य पनि हो । यहाँ व्यक्ति सर्वोपरी हुँदैन, विचार र विधी सर्वोपरी हुन्छ ।

कम्यूनिष्टहरूबीच एकता पनि हुन्छ, संघर्ष पनि हुन्छ । एकता संघर्ष रूपान्तरण गरेर नयाँ आधारमा नयाँ एकता कायम गर्नु मुख्य कम्यूनिष्टहरूको चरित्र हो । एकता संघर्ष र विभाजन भनेको संकीर्णता र व्यक्तिवाद हो । नेपाल कम्यूनिष्ट आन्दोलनको इतिहास एकता, संघर्ष र विभाजन यहीँ बन्यो र अहिले नेपाली जनतामा कम्यूनिष्टप्रति वितृष्णा जागेको छ । यसको समाधानको उपाय के हो त ? यसबारे नेतृत्व गम्भीर बन्नुपर्छ । समाजवाद देश बनाउने भनेको देशको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक बदल्नु हो । हामी बदलिएनौँ भने जनतालाई के उपदेश दिन सक्छौँ, यसलाई ध्यान दिन कार्ल माक्र्सले आफ्नी छोरी जेनीले सोधेका प्रश्नबाट लिन सकिन्छ । खासगरी एंगेल्सले वहाँ बारे लेख्नु र बोल्नुभएका कुराहरू आदि अध्ययन गर्न सकिन्छ र माक्र्सले परिवारजनलाई लेख्नुभएका असङ्ख्य चिठ्ठी बारे एंगेल्सले लेख्नुभएको छ । यसलाई (हेर्नुहोस् कम्यूनिष्ट नैतिकता स. रमेश सिन्हा, पेज ३२–३३) । यसबाट आदर्श पुरुष माक्र्सप्रति बुझ्न र सिक्न मद्दत मिल्छ र हामी सबै लागू गर्ने नभएपनि सोँचमा परिवर्तन ल्याउन आवश्यक छ ।

जेनीले आफ्नो बुबालाई सोध्नुभएको छ– तपाईंलाई सबभन्दा मनपर्ने गुण के हो भन्दा माक्र्सले भन्नुभएको छ– सरलता ९क्ष्mउष्अिष्तथ० अर्थात वहाँ त्यति महान् पुरुष भएपनि आपूmलाई जनसमुदाय सरह ठान्नुहुन्थ्यो । सबै प्रकारका घमण्ड, आडम्बर, पाखण्ड र छलकपडको विरोध गर्नुहुन्थ्यो । वहाँ व्यक्ति पूजाको कट्टर विरोधी हुनुहुन्थ्यो । वहाँलाई प्रशंसा गरेर कसैले केही लेख्यो, सार्वजनिक रुपमा बोल्यो भने उसलाई बोलाएर हप्काउने वा चिठी लेख्नुहुन्थ्यो । वहाँका संकलित रचनामा चिठ्ठीहरू अद्यावधि छन् । वहाँका सुयोग्य उत्तराधिकारीहरु ल्ेनिन र माओले पनि ‘सरलता’ लाई कम्यूनिष्टहरूको असाध्यै महत्वपूर्ण गुणको रुपमा अंगिकार गर्नुभयो । माओको जीवनका अन्त्यतिर आइपुग्दा लिन प्याओले क. माओको बढाई चढाई प्रशंसा गर्ने, वहाँलाई विलक्षण प्रतिभा भनेपछि माओले त्यसको भण्डाफोर गर्नुभयो । यसबाट हाम्रा नेताले सिक्नुपर्दछ ।

हाम्रो नेतृत्वलाई एउटै कमिटीका कामरेडहरुले भेटघाट गर्न सकिँदैन, फोनहरु उठ्दैन भने आमजनताले वहाँहरुको अनुहार भगवानको रूपमा हेर्ने र केही व्यक्तिहरुको घेराभित्र बस्ने हुँदा सरलताको केही मेल खाँदैन । दोस्रो प्रश्न तपाईंलाई दुःख केमा हुन्छ भन्ने प्रश्नको उत्तरमा भन्नुहुन्छ– ‘समर्पणमा’ ९क्गदmष्ककष्यल० अर्थात शोषण, अन्याय, अत्याचार, असत्य बेठीकको अगाडि समर्पण गर्नु पर्दा वहाँलाई दुःखको अनुभूति हुन्छ । वहाँको तर्क थियो, कम्यूनिष्टले जस्तोसुकै अप्ठ्यारो र प्रतिकूल परिस्थितिमा भएपनि अन्याय, अत्याचार गलत कुराको समक्ष आत्मसर्पण गर्दैन ।

तर नेपालको कम्यूनिष्ट आन्दोलनमा आफ्नो मानिसले जति गलती गरेपनि त्यसको रक्षा गर्ने, अरुको कुरा नसुन्ने कार्यकर्ता नेतालाई अन्याय भएपनि कुन मानिस कसको हो भनेर हेर्ने प्रवृत्तिले कम्यूनिष्ट पार्टीको नैतिकताको प्रश्न उठ्ने गरेको छ र त्यसले गुट सिर्जना गर्ने, पार्टीलार्ई विघटन, अन्तरघात सबै हुने भएको छ, यसबाट सचेत हुनुपर्छ । तेस्रो प्रश्न तपाईं कुन चाहिँ कुराको घृणा गर्नुहुन्छ भन्दा उत्तर थियो ‘दासप्रवृत्ति ९क्भचखष्ष्तिथ० । यसको अर्थ हो कम्यूनिष्टहरू स्वाभिमानी हुन्छन् । कसैको अन्धभक्त वा दास हुने कुरालाई घृणा गर्नुपर्छ । वास्तविक कम्यूनिष्ट हुनु भनेको मानिसले मानिसमाथि गर्ने सबै प्रकारको थिचोमिचो, चाहे जेसुकै रुपमा होस्, का विरुद्ध विद्रोह गर्न सक्ने मानिस हुनु हो ।

व्यक्तिगत सम्पत्ति, पद प्रतिष्ठा, स्वार्थ, लोभलालचको बन्धनबाट मुक्त हुने सर्वहारा वर्ग र त्यसको सचेत अगुवा कम्यूनिष्ट मात्र वास्तविक दास प्रवृत्तिबाट मुक्त हुन सक्छ । तर हाम्रो देशमा दलाली, चाकडी, स्वार्थलाभको कारण कित्ता विभाजन हुने गरेको छ । यसबाट पार्टीलाई रुपान्तरण गर्नुपर्दछ । चौथो प्रश्न– तपाईंलाई मनपर्ने सुत्रवाक्य ९ःयततय० के हो भन्ने प्रश्नको उत्तरमा भन्नुहुन्छ– ‘सबैमाथि शंका गर ।” यसको अर्थ कसैको पनि अन्धभक्त नहोउ अथवा सबैका सकारात्मक, नकारात्मक पक्ष हुन्छन् भन्ने कुरा ख्याल गर । यो भनाइले संसारमा सबै वस्तुहरू विपरितहरूको एकताबाट बनेको हुन्छन् अथवा एकको दुइमा विभाजनको नियम सबैमा लागू हुन्छ भन्ने द्वन्द्ववादको अवधारणालाई सबैले स्वीकार गर्नुपर्छ भन्ने हो ।

जेनीले २० वटा प्रश्न सोध्नुभएको थियो । यहाँ ४ वटा प्रश्नमात्र राखिएको छ । नेपालको कम्यूनिष्ट आन्दोलन, विचारविहीन, हार्दिकताविहीन, विधिविहीन हुँदै जाँदा कम्यूनिष्ट आन्दोलनबाट नेपाली जनतालाई वितृष्णा वा बचाउन, माक्र्सबाट सिक्नुपर्छ । अहिले नेकपा एमाले र एमाओवादी मिलेर नेकपा बनेर दुई तिहाइको सरकार बन्दा नेपाली जनताले ठूलो आशा गरेका थिए तर अहिले नेतृत्वको कार्यशैली, जीवनशैली, भ्रष्ट्राचारको तिव्र विकास विचारको बहसभन्दा पद प्रतिष्ठाको बहसले आदर्शलाई तिलान्जली दिँदै जाँदा नेपाली जनताले आशा भरोसा छोड्दै जाने र कम्यूनिष्ट आन्दोलन नै सिद्धिने हो कि भन्ने चिन्तामा छन् ।

 

प्रकाशित मिति: आइतवार, असार २८, २०७७

ताजा अपडेट