समाचार हेडलाईन न्युज

भीषण बाढीले बाह्रबिसे बजार तहसनहस, १८ बेपत्ता, २ को मृत्यु

सुनकोशी न्युज
२०७७ असार २५ गते विहिबार

सिन्धुलपाल्चोक । हिजो राति आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ जना बेपत्ता भएका छन् भने २ शब प्राप्त भएको छ ।

राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिए । बिहान ५ बजेबाट हराएकाहरुको खोजी कार्य जारी रहेको छ ।

बाढीले खाटचौर भन्ने स्थानमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ भने बस्तीमा क्षति पु(याएको छ । जम्बो भन्ने स्थानमा आएको बाढीले १४ भन्दा बढी घर बगाएको छ । सबैभन्दा बढी सोही स्थानमा मानवीय क्षति भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलपाल्चोकका अनुसार जम्बो र भोटेकोशी गाउँपालिकाको बञ्जी जम्प भएको नजिकै रहेको दुई स्थानमा मानवीय क्षति भएको खबर आएको छ । ठाउँठाउँमा बाटोमा क्षति भएको कारण प्रहरीलाई सो स्थानमा पुग्न कठिनाइ भइरहेको छ ।

क्षतिको यकिन विवरण आइनसकेको प्रहरी नायब उपरिक्षक काफ्लेको भनाइ छ ।

 

प्रकाशित मिति: बिहिबार, असार २५, २०७७