मुख्य समाचार समाचार स्थानीय

फिक्कलमा बोलेरो दुर्घटना, एकको मृत्यु, तीन घाइते

सुनकोशी नयुज
२०७७ असार २४ गते बुधबार
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका– ५, मा ना ४ च ५२८५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा घाइते भएका चार जनामध्य एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फिक्कल गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ६५ का धर्मध्वज सुनुवार रहेको प्रहरी चौकी रत्नावतीका प्रहरी हवल्दा पुरुषोतम पराजुलीले जानकारी दिए ।गम्भीर घाइते सुनुवारको खुर्कोट स्थित सुनकोशी सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले बतायो ।

फिक्कलको सोल्पामा उक्त गाडी दुर्घटना भएको थियो । सामान लिएर घर जाँदै गरेका स्थानीय दुर्घटनामा परेका थिए ।

घाइतेहरु फिक्कल गा.पा. ५ बस्ने बर्ष ४९ को टोकनाथ पहाडी, बर्ष ४३ कि भगवती पहाडी र बर्ष १७ को उज्वल सुनुवार रहेका छन् । घाइतेहरुको काठमाण्डौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।सबै घाइतेहरुको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरुलाई हेलिकप्टरबाट उद्धार गरिएको थियो सिन्धुली–१ का सांसद गणेश पहाडीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, असार २४, २०७७