समाचार हेडलाईन न्युज

स्थायी समिति बैठकमा १३ जनाले धारणा राखेपछि सकियो, अर्को बैठक शनिबार ११ बजे

सुनकोशी न्युज, २०७७ असार १२ गते शुक्रबार,

काठमाण्डौं । असार १० गतेबाट बालुवाटारमा जारी नेकपा स्थायी समिति बैठक १३ जना सदस्यले आफ्नो धारण राखेपछि सकिएको छ । बैठक १३ गते शनीबार ११ बजे पुनः बस्ने छ ।

असार १० गतेबाट सुरु भएको बैठकमा सिमा समस्या, एमसिसि, नागरिकता ऐन, कोभिड–१९ समस्या लगायत एजेण्डा भए पनि अहिले स्थायी समिति सदस्यहरुलाई सिमा समस्याबारे मात्रै कुरा राख्न भनिएको छलफलमा सहभागी एक सदस्यले बताए ।

आजको बैठकमा प्रधानमन्त्री ओली सहभागी भएनन् । उनको अनुपस्थितिलाई लिएर सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी भएपनि पर्यटनमन्त्री योगेश भट्टराईले उहाँ विशेष कारणले बैठकमा सहभागी हुन नसके पनि प्रधानमन्त्री निवासमै बैठक भएकोले उहाँ बैठकमै भएसरह मान्न आग्रह गरेका थिए ।

अर्का एक स्थायी समिति सदस्यले ओली स्वास्थ्यका उपस्थित हुन नसके पनि बैठकमा सदस्यहरुले राखेका धारणा भिडियोबाट लाइभ हेरिरहेको हुनसक्ने बताए ।
१० गतेको बैठकमा ओलीको कार्यशैलीप्रति अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल लगायतले कडा आलोचना गरेका थिए ।

कुनै पनि हालतमा नेपालको अहितमा रहेको एमसिसि आयोजना नेपालमा कार्यान्वयन हुन नहुने कुरामा सदस्यहरुको बहुमत देखिएपछि ओलीलाई चिन्ता बढेको छ ।

उनी जसरी पनि एमसिसि पास गर्ने पक्षमा छन् । आफ्नो धारणा राख्ने क्रममा उनले एमसिसि पास गर्नुको कुनै विकल्प नरहेको जिकिर गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७