शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

सिन्धुली अस्पतालको इमर्जेन्सीमा कोरोना आशंकित महिलाको मृत्यु, स्वाब परिक्षणका लागि काठमाण्डौं पठाइयो (updated)

सुनकोशी न्युज, २०७७ असार १२ गते शुक्रबार,

सिन्धुली । श्वासप्रश्वासमा समस्या र ज्वारोकी बिरामी महिलाको सिन्धुली जिल्ला अस्पतालको आकस्मिक कष्मा मृत्यु भएपछि उनको मृत्यको कारण कोरोना आशंका गरिएके छ ।

विहिबार अस्पताल भर्ना भएकी कोरोना आशंकित महिलाको शुक्रबार विहान मृत्यु भएको हो । मिृत्युअघि विरामीको लक्षण कोरोना विरामीको लक्षणसँग मिल्नेजस्तो देखिएकाले उनको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि काठमाण्डौं पठाइएको अस्पताल स्रोतले बतायो ।

महोत्तरीको पाटु घर भएकी वर्ष २१ की महिलाको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो । अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि महिला बिहीबार दिउँसो अस्पतालको इमर्जेन्सैमा भर्ना गरिएको थियो ।

अस्पतालका कोभिड–१९ फोकल पर्सन डाक्टर प्रशन्न राजभण्डारीका अनुसार उनलाई इमर्जेन्सैमा राखेर उपचार गर्दैगर्दा मृत्यु भएको हो । यही असार ३ गते पाटुबाट सिन्धुलीको घ्याङलेख गाउँपालिका १, सिम्ले स्थित माइती घरमा आएर बसेकी ती महिलालाई उपचारमा ल्याउन ढिला हुँदा मृत्यु भएको डा।राजभण्डारीको भनाइ छ ।

‘अस्पतालमा बिरामी ल्याउँदा ज्वरो आएको तीन–चार दिन बढी भइसकेको रहेछ । घरमै जडिबुटीको भर परेर समयमा अस्पताल नल्याउदा उनलाई बचाउन सकिएन’ उनले भने ।

मृतक महलिाको शव व्यवस्थापन गर्न र उनको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राख्न भनिएको छ । रिपोर्ट नआए पनि उनको सम्पर्कमा रहेका आफन्तहरुलाई नै स्वास्थ्य सुरक्षा अपनाएर शव व्यवस्थापनका लागि भनिएको हो ।

डाक्टर राजभण्डारीका अनुसार मृतकको पीसीआर रिपोर्ट नआएसम्म उनको सम्पर्कमा रहेका आफन्त र उपचारमा संलग्न डाक्टरलगायतका कर्मचारीलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७