मुख्य समाचार समाचार स्थानीय

सिन्धुलीमा सवारी दुर्घटना : दुईको मृत्यु, एक गम्भीर घाइते

सुनकोशी न्यूज, २०७७ जेष्ठ मंगलबार
सिन्धुली । सवारी दुर्घटनामा परी सिन्धुलीमा दुईजनाको मृत्यु भएको छ ।

सोमबार साँझ ५ बजेतिर घ्यांङलेक गाउपालिका–१ अमलेको उकालोमा ना.२.च. ९३६६ नम्बरको बलेरोको ब्रेक नलागी चिप्लीएर सोही बोलेरोले किच्दा ओट राख्न थालेका अन्दाजी वर्ष २५÷२६ का बलराम बम्जनलाई किच्दा उनको मृत्यु भएको हो ।

तत्कालै सिन्धुली अस्पताल लगिएका गम्भीर घाइते बम्जनलाई साँझ ९ः३० बजे सिन्धुली अस्पतालले मृत घोषित गरेको थियो । गाडी र गाडीका चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको जिप्रकाले जनाएको छ ।

त्यसैगरी हरिहरपुरगढी गाउँपालिका–५ गाग्रेढुंगास्थित मदन भण्डारी राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलको पछाडि बसेका ६० वर्षिय सन्तराम राईको मृत्यु भएको छ । उनी हरिहरपुर–३ बनौलीका बासिन्दा हुन् ।

भलखाडाबाट कपिलाकोट तर्फ जाँदैगरेको ना.१.क. ९८०५ नम्बरको मिक्स्चर ट्रकले बिपरित दिशाबाट आउदै गरेको प्रदेश नं. ३ (०२) –०१० प २३७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार दुबैजनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी कपिलाकोट पठाइएको र त्यहाँबाट सिन्धुली जिल्ला अस्पताल पठाएइको इलाका प्रहरी कार्यालय कपिलाकोटले जनाएको छ ।

गम्भीर घाइते मोटरसाइकलको पछाडि बसेका सन्तराम राईको सिन्धुली अस्पतालमै साँझ ९ः३० बजे मृत्यु भएको थियो । सोही ठाउँ बस्ने वर्ष ३० का मोटरसाइकल चालक विकास वि.क. को टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । अहिले उनको राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौंमा उपचार भइरहेको छ । उक्त ट्रक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रकका चालक फरार छन् ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २७, २०७७