बागमती समाचार

समाजसेवी स्व.विष्णुप्रसाद लामिछानेको स्मरण

काठमाडौं । समाजसेवी एवं राष्ट्रवादी व्यक्तित्वका रुपमा चिनिनु भएका स्व विष्णुप्रसाद लामिछानेको वार्षिकी सम्पन्न भएको छ ।

काठमाडौंको झोर महाकालमा जन्मनु भएका विष्णुप्रसाद लामिछानेले स्थानीय क्षेत्रमा शिक्षा एवं सामाजिक रुपान्तरणका लागि निकै नै संघर्ष गर्नु भएको थियो ।

लकडाउनका कारण स्वर्गिय लामिछानेको नाममा स्थापित सामाजिक संस्था विष्ण सरस्वति फाउण्डेसनले स्व. लामिछानेको वार्षिकी कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं उपत्यकाको उत्तर पश्चिमी क्षेत्रमा जन्मिएर सो क्षेत्रको विकासका लागि निकै नै योगदान पु¥याउनु भएको थियो । विशेष गरी काँठ क्षेत्रका रुपमा रहेको सो क्षेत्र त्यसबेला निकै नै विकट जस्तै देखिन्थ्यो । जसका कारण सो क्षेत्रका बालबालिकाहरुले शिक्षा र स्वास्थ्यको पहुँचबाट टाढा रहनु परेको भन्दै स्व. लामिछानेले बालबालिकाको शिक्षाका लागि महत्वपूर्ण काम गर्नु भएको स्मरण समेत गरियो ।

गत असार ३ गते निधन हुनु भएका लामिछानेको तिथिका आधारमा आज वार्षिकी फाउण्डेसनले स्मरण गरेको फाउण्डेसनकी अध्यक्ष एवं समाजसेवी अम्विका शर्माले जानकारी दिनु भयो ।

स्व. लामिछानेको सम्झनामा स्थापना गरिएको फाउण्डेसनले लकडाउनका बेला कोरोना संक्रमणबाट सुरक्षित हुन टोखा क्षेत्रमा मास्क लगायतका स्वास्थ्य उपकरण वितरण गरेको शर्माले बताउनु भयो ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २७, २०७७