शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

भोेलिदेखि मेट्रो एफ. एम. बाट काठमाण्डौका सामुदायिक विद्यालयहरुको पढाई हुने

सुनकोशीन्यूज, २०७७ जेष्ठ २७ गते मंगलबार
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले भोलिदेखि सामुदायिक विद्यालयका विद्यार्थिहरुका लागि रेडियोबाट पढाई शुरु गर्ने भएको छ ।
महानगरपालिकाले संचालन गरेको रेडियो मेट्रो एफ.एम. ९४.६ मेगाहर्जबाट पढाई शुरु गर्न लागिएको हो ।

नयाँ शैक्षिकसत्र शुरु भैसके पनि नोबेल कोरोना भाइरस महामारीबाट बच्न सरकारले देशभरि गरेको लकडाउनका कारण शैक्षिक संस्था बन्द छन् । लामो समयसम्म विद्यालय खुल्न नसक्दा यो वर्षको पढाई शैक्षिकसत्रभित्र सक्न मुस्किल पर्ने भन्दै विद्यालयहरुले गुनासो गरिरहेका छन् ।

यस्तोमा काठमाडौ महानगरपालिकाको शिक्षा विभागले सामुदायिक विद्यालयको पढाइ रेडियोबाट गर्ने भएको हो ।
अब सामुदायिक विद्यालयका कक्ष १ देखि १० सम्मका विद्यार्थिले घरमै बसेर रेडियोबाट पढ्न सक्नेछन् ।
समय तालिका निम्नानुसार हुनेछ :

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २७, २०७७